इङल्याण्ड पहिलो इनिङमा २०४ रनमा अलआउट, होल्डरले लिए ६ विकेट

काठमाडौँ । कोरोना महामारीका बीच शुरु भएको टेस्ट क्रिकेटको पहिलो खेलको पहिलो इनिङमा इङल्याण्ड २०४ रनमा अलआउट भएको छ ।बुधबारदेखि शुरु भएको पहिलो टेस्ट बर्षाले प्रभावित भएको थियो । ढिलो गरि शुरु भएको खेलको पहिलो दिनमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको थियो भने पहिलो दिन केबल १७ ओभरको खेल मात्र भएको थियो ।खेलको दोस्रो दिन आज घरेलु टोली २०४ रनमा अल आउट भएको छ ।

इङल्याण्डका लागि कप्तान बेन स्टोकले सर्बाधिक ४३ रन बनाए । त्यस्तै जस बटलरले ३५ र रोरी बर्न्सले ३० रन बनाएका छन् । त्यस्तौ जोय डेनलीले १८, डोम बेसले अविजित ३१, ओल्ली पोपले १२, ज्याक क्रावलीले १० रन बनाए । त्यसै गरि मार्क वूडले ५, जेम्स एन्डरसनले १० रन बनाए भने जोफ्रा आर्चर र डोम सिबले शुन्यमा आउट भएका थिए ।

इङल्याण्डलाई सस्तैमा आउट गर्नेक्रममा वेस्टइन्डिजका कप्तान जासन होल्डरले ६ विकेट लिएका छन् । त्यस्तै शानन गाब्रियलले ४ विकेट लिए ।अब वेस्टइन्डिजले केहि बेरमा आफ्नो पहिलो इनिङको ब्याटिंग शुरु गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *