बेन्जेमाद्वारा रियलको प्रस्ताव अस्विकार

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेका छन् ।रियलले बेन्जेमालाई सन् २०२४ सम्म क्लबमै रहनेगरी सम्झौता नविकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले रियलको त्यो प्रस्ताव अस्विकार गरे । सन् २०२२ सम्म रियलमा सम्झौता रहेको बेन्जेमाले एक वर्षमात्रै सम्झौता नविकरण गर्ने बुझिएको छ ।

३३ वर्षीय बेन्जेमाले उमेर बढ्दै गएको र आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने बुझेका छन् । यसले क्लब र समर्थक दुवै पक्षमा घाटा हुन सक्ने बताउँदै क्लबको प्रस्ताव अस्विकार गरेको बुझिएको छ । बेन्जेमाले यसअघि पाउँदै आएको तलबमा २०२१–२२ सिजनका लागि १० प्रतिशत र २०२२–२३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्ताव समेत स्विकार गरेका छन् ।

रियलका सर्वाधिक गोलकर्ता रहेका क्रिष्टियानो रोनाल्डोले सन् २०१८ मा क्लब छाडेयता बेन्जेमा रियलको मुख्य फरवार्डको रुपमा उभिएका छन् । सन् २०१० यता रियलमा रहेका बेन्जेमाले १२ सिजन सिजन बिताउँदा उनले रियलबाट ५५९ खेलमा २७९ गोल गरेका छन् ।

बेन्जेमाले रियलबाट चार च्याम्पियन्स लिग, चार फिफा क्लब विश्वकप, तीन ला लिगा, तीन युइएफए सुपरलिग र समान दुई कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेका छन् । त्यसअघि बेन्जेमाले चार पटक लिग वान, दुईपटक ट्रफी डेस च्याम्पियन र एकपटक कप दि फ्रान्सको उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *