बर्नेमाउथसँग टोटेनहम बराबरीमा रोकियो

एजेन्सी । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथसँग बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा टोटेनहम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो ।बर्नेमाउथको घरेलु मैदानमा भएको खेलमा दुबै टोलिबाट कुनै गोल हुन नसक्दा खेल गोलरहित बराबरिमा सकिएको हो ।

घरेलु टोलि बर्नेमाउथले खेलको अन्तिम समयमा गोल गरे पनि रेफ्रीले मान्यता दिएनन् । विल्सनले गोल गर्नु पूर्व जोसुवा किङले ह्यान्ड गरेको भन्दै भिआरको सहायतामा रेफ्रीले उक्त गोल मान्यता दिएनन् ।बराबरीसँगै टोटेनहमले ३४ खेलमा ४९ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

बर्नेमाउथ भने समान खेलबाट २८ अंक जोड्दै रेलिगेसन जोनमा छ ।त्यस्तै गए राति नै भएको अर्को खेलमा एभर्टन र साउथह्याम्पटनले बराबरी खेलेका छन् । एभर्टनको घरेलु मैदानमा भएको खेलमा दुबै टोलिले १-१ गोलको बराबरी खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *