इंग्लिस च्याम्पियन लिभरपुलका कप्तानले सिजनका बाँकी खेल गुमाउने

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले सिजनका बाँकी खेल गुमाउने भएका छन्।घुँडाको चोटका कारण उनले प्रिमियर लिगमा बाँकी रहेका चार खेल गुमाउने प्रशिक्षक जुर्गेन क्लोपले पुष्टि गरेका छन्।बुधबार ब्राइटनविरुद्धको खेलका दौरान हेन्डर्सन घाइते भएका थिए। सो खेलमा लिभरपुल ३–१ ले विजयी भएको थियो।

अब उनको घुँडाको शल्यक्रिया गरिनेछ।इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी हेन्डर्सन सिजन २०२०–२१ का लागि फिट हुने प्रशिक्षक क्लोपको विश्वास छ।३० वर्षीय हेन्डर्सनले लिभरपुरलाई सिजनमा उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

लिभरपुलले ३० वर्षको प्रतिक्षा पछि सिजनमा लिग जित्दा मिडफिल्डर हेन्डर्सनलाई ट्रफी वितरण समारोहमा आउन नरोक्ने क्लोपले बताएका छन्।२२ जुलाईमा चेल्सीसँ खेलेपछि लिभरपुललाई ट्रफी प्रदान गरिनेछ। उनले सिजनको लिगमा ३० खेल खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *