च्याम्पियन्स लिग : क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भइरसका कारण स्थगित भएको यूईएफए च्याम्पियन्स लिग फुटबल पुनः सुरु हुँदैछ । लिगको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो । आज सार्वजनिक भएको ‘ड्र’ अनुसार बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसँगको विजेतासँग खेल्नेछन् ।

यस्तै रियल मड्रिड र म्यानचेस्टर सिटीबीचका विजेताले युभेन्ट्स र लियोनबीचका विजेतासँग खेल्नेछन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालीको एटलान्टासँग खेल्नेछ । त्यस्तै जर्मन क्लब आरबी लाइपजिगले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।यो सिजन च्याम्पियन्स लिगको फाइनल खेल अगस्त २३ मा हुनेछ । च्याम्पियन्स लिग फुटबल भने अगस्त ७ बाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *