टोटेनहम र एभर्टन रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपर र एभर्टन बराबरीमा रोकिएका छन् । टोटेनहम बर्नमाउथसँग तथा एभर्टन साउथह्याम्पटनसँग बराबरीमा रोकिएका हुन् ।

बर्नमाउथको मैदानमा ६५ प्रतिशत बल पोजेसनमा पकड जमाएपनि बलियो रक्षापङ्ति तोड्न नसक्दा टोटेनहम बर्नमाउथसँग अंक बाड्न बाध्य बन्यो । खेलको पाँचौ मिनेटमा टोटेनहमले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफमो इन्ज्युरी समयमा स्टानिसलासको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाए ।

५०औं मिनेटमा ह्यारी केन र इरक लमेलाको समन्वयमा उत्कृष्ट मुभ बनेपनि केनको प्रहार बाहिरिँदा टोटेनहम अग्रता लिनबाट चुक्यो । ८५औं मिनेटमा स्टानिसलासले गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

बराबरीसँगै सातौ स्थानमा उक्लने मौका गुमाएको छ । टोटेनहम ३४ खेलबाट ४९ अंक जोडेर नवौं स्थानमा छ । सातौ स्थानमा रहेको सेफिल्डको ५१ तथा आर्सनलको ५० अंक छ । बर्नमाउथ २८ अंक जोडेर १८आं स्थानमा छ ।

यस्तै अर्काे खेलमा एभर्टन र साउथह्याम्पटनले १–१ गोलका बराबरी खेल्दै अंक बाँडेका छन् । साउथह्याम्पटनका ड्यानी इंग्सले गोल गर्दा घरेलु टोली एभर्टनका रिचार्लीसनले बराबरी गोल फर्काएका थिए । त्यसअघि २८औं मिनेटमा साउथह्याम्पटनका जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएका थिए ।बराबरीसँगै एभर्टन ४५ अंक जोडेर ११औं तथा साउथह्याम्पटन ४४ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *