पहिलो इनिङमा इङ्ल्यान्ड २०४ रनमा समेटियो

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलको पहिलो इनिङमा घरेलु टोलि इङ्ल्यान्ड २०४ रनमा समेटिएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले ६७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रन मात्र बनाउ सकेको हो ।

घरेलु टोलीलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले छ विकेट लिए । त्यस्तै सनोन ग्राबिएलले चार विकेट लिए । खराब सुरुवात गरेको इङ्ल्यान्ड लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ र जोडे । त्यस्तै विकेटकिपर ब्याटसम्यान जस बटलरले ३५, डोम बेसले ३१, जोसेफ ब्रुन्सले ३० र जोए डेन्लिले १८ रन जोड्न बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

कोरोना भाइरस महामारीपछी सुरु भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेल वर्षाका कारण पूरा हुन सकेको थिएन । पहिलो दिनको खेलमा इंग्ल्यान्डले ३५ रन जोडेर एक विकेट गुमाएको थियो । वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *