फाईनल खेल्न पुलिसिक तयार

एजेन्सी । चेल्सी स्टार क्रिस्टियन पुलिसिकले एफए कपको फाईनल खेल्न आफु पूर्णरुपमा तयार रहेको बताएका छन् ।लण्डन क्लब चेल्सीले आगामी शनिबार आर्सनलसँग एफए कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रिमियर लिगको सिजन सकिएसंगै उनी उपचारमा थिए । प्रिमियर लिगमा लिभरपुलबिरुद्ध ५–३ ले पराजित भएको खेलमा चेल्सीले पुलिसिकलाई वैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेको थियो । उनी लिग चरणको अन्तिम खेलमा उल्भ्सबिरुद्ध मात्र १२ मिनेट मैदान उत्रिएका थिए ।

पुलिसिकले एफ ए कपको सेमिफाईनलमा म्यान्चेष्टर युनाईटेडबिरुद्धको खेल गुमाएका थिए । पूर्ण रुपमा फिट नरहेको पुलिसिकलाई मैदान उतारेर प्रशिक्षक फ्रान्क लाम्पार्डले कुनै जोखिम लिन चाहेनन् ।२१ बर्षिया फरवार्डले आफ्नो चोट गम्भिर नरहेको उल्लेख गर्दै एफ ए कपको फाईनलमा आर्सनलबिरुद्ध मुख्य भूमिकामा उत्रन आफु तयार रहेको बताएका छन् ।

‘मसंग कहिल्यै गम्भिर समस्या छैन । म शतप्रतिशत फिट छु ।’ पुलिसिकले भनेका छन् ।पुलिसिक उपाधि सहित प्रिमियर लिगको डेब्यु सिजन अन्त्य गर्न चाहन्छन् । आर्सनल एफ ए कपको सर्वाधिक सफल टिम हो । आर्सनलले १३ पटक एफ ए कपको उपाधि जितेको छ ।

पुलिसिक प्रतिद्धन्दी क्लबप्रति धेरै सजक देखिएका छन् । उनले लामो समय बोरुसिया डर्टमण्डमा बिताएका थिए । पूर्व क्लबकै फरवार्ड पियरिक ईम्रिक अबुमियाङले फाईनल खेलमा चेल्सीलाई कडा चुनौती दिने पुलिसिकको अनुमान छ ।

‘म उनलाई राम्रोसंग जान्दछु । उनी अविश्वसनीय छन् । जब उनी राम्रो क्षेत्रमा पुग्छन्, उनी सधै खतरनाक देखिन्छन् । त्यसैले हामी सावधानी रहनेछौ । उनीहरुसंग अरुपनि थुप्रै राम्रा खेलाडी छन् । तर एक खेलाडीमा हामीले बिशेष ध्यान दिनपर्छ ।’ पुलिसिकले भनेका छन् ।

‘हामी राम्रा साथी हौ । हामीले संगै धेरै समय खेल्यौ । अहिले हामी एक चिजमा केन्द्रित छौ, हामी जित्न चाहन्छौ । यो राम्रो प्रतिस्पर्धा हुनेछ । तर मैदान बाहिर हामी सधै राम्रो साथी रहेका छौ ।’ अमेरिकन फरवार्डले भने ।

चेल्सीले चौथो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो । चेल्सीले अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । एफ ए कपको उपाधि चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डका लागि पहिलो सफलता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *