‘यस्तै प्रदर्शन भएमा म मिलानमै रहन्छु

एजेन्सी । इटालियन सिरी ए मा भर्खरै मात्र एसी मिलानले शीर्ष स्थानको युभेन्ट्सलाई फराकिलो अन्तरले हराउन सफल भयो । उक्त हारपछि युभेन्ट्सको लिगको शीर्ष स्थानमा अग्रता बनाउने मौका गुम्यो । उक्त खेलमा एसी मिलानका स्टार खेलाडी ज्लाटन इब्राइमोविचले एक गोल गरेका थिए ।

पछिल्लो समय ज्लाटनले एसी मिलानका लागि धेरै खेलमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । ज्लाटनले उक्त खेलको ६२ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । उनले मिलानमा ११ खेल खेल्दै ५ गोल गरेका छन् । स्विडेनमा स्टार खेलाडी ज्लाटन भर्खरै मात्र मिलानमा आएका हुन् ।

“धेरै खेलका लागि जितको हिस्सा बन्न पाउँदा क्लबमै रहिरहन मन लाग्छ । मेरा लागि पछिल्लो समय मिलानको बसाई राम्रो भइरहेको छ । मिलानले पनि पछिल्ला खेलमा राम्रो खेल पस्केको छ । यस्तो अवस्थामा पनि राम्रो सिजन बिताइ रहेको छु । त्यसैले यहाँको बसाइ धरै समयसम्म हुने विश्वास छ,” ज्लाटनले डेलो स्पोर्टससँगको कुराकानीमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *