रियल म्याड्रिड र युभेन्टस क्वाटरफाइनलमा भिड्ने सम्भावना!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोहबीच सार्वजनिक भएको छ ।

कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । इंग्लिस टोली टोटेनहम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक विजेता लिभरपुल एटलेटिको म्याड्रिडसँग पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमुन्डलाई हराउँदै अगाडी बढेको थियो ।

राउन्ड अफ १६ मा अझैपनि ४ खेल बाँकी रहेको छ । चेल्सीले पहिलो लेगमा बायर्नसँग ३-० को हार बेहोरेको थियो । बार्सिलोनाले घरेलु मैदानमा खेल्दा नेपोलीसँग पहिलो लेगमा खेलेको १-१ को बराबरीलाई सुधार्ने प्रयास गर्नेछ । रियल म्याड्रिड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग भोगेको २-१ को हारको बदला लिने सुरमा हुनेछ । लियोन पहिलो लेगमा १-० को जित दर्ता गरेपछि दोस्रो लेगमा कम्तिमा त्यसलाई बचाउन तत्पर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *