रोनाल्डोको आज यूभेन्ट्स दुई वर्ष पूरा, ९ तथ्य

स्पेनिस क्लब रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो ठिक दुई वर्ष अघि जुलाई १०, २०१८ मा इटालिन क्लब यूभेन्ट्ससँग आवद्ध भएका थिए।सर्वाधिक गोल स्कोररको कीर्तिमानबीच रोनाल्डोले मड्रिड छाडेका थिए। मड्रिड छाडेर यूभेन्ट्समा आएको दुई वर्ष पूरा नहुँदै रोनाल्डोले यहाँ पनि थुप्रै कीर्तिमान राखिसकेका छन।

१) यूभेन्ट्सका लागि दुईवर्षमा ८२ खेल खेल्दै रोनाल्डोले ५८ गोल गरेका छन।२) यूभेन्ट्समा प्रत्येक खेलमा रोनाल्डोको गोल औषत ०.७१ छ। मड्रिडमा उनको १.०३ थियो। मड्रिडमा उनले ४३८ खेल खेल्दै ४५० गोल गरेका थिए

३) सिरी एमा मात्रै रोनाल्डोले ४७ गोल गरिसकेँ। सिरी ए मा सर्बाधिक गोल गर्ने पोर्चुगिज खेलाडीको उनी शीर्ष स्थानमा छन।४) १९५९–६० को सिजनमा सिरीएमा ओमर सिभारीले एकै सिजनमा सर्बाधिक २८ गोल गरेका थिए। रोनाल्डो उक्त कीर्तिमान भंग गर्न २ गोलमात्रै पछि छन।

५) सिरि एको यस सिजनमा रोनाल्डोले २६ गोल गरिसकेका छन। शीर्ष लिगको एउटै सिजनमा २५ गोलभन्दा बढी गरेको रोनाल्डोले यो दशौं पटक हो।६) सबै प्रतियोगितामा गरि एउटै सिजनमा ३० गोल गरेको यसपटक रोनाल्डोले ११ औं पटक हो।

७) पछिल्लो दुई वर्षमा रोनाल्डोले ३३६ सट प्रहार गरेका छन। यी दुईवर्षमा अरु कुनैपनि खेलाडीले यति सट प्रहार गर्न सकेका छैनन।८) यूभेन्ट्समा प्रतिखेल रोनाल्डोले ५.५को औषतमा सट प्रहार गरेका छन। मड्रिडमा भने उनले ६.३ को औषतमा सट प्रहार गरेका थिए।९) यूभेन्ट्समा रोनाल्डोले १५ गोलमा सहायकको भूमिका खेलेका छन भने १२२ मौका श्रृजना गरेका छन। एजेन्सी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *