सेभियाद्वारा एथ्लेटिक पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले एथ्लेटिक क्लबलाई पराजित गरेको छ । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा सेभियाले २(१ गोलले पराजित गरेको हो ।खेलमा भने घरेलु टोली एथ्लेटिकले अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा घरेलु टोली सेभियासँग पराजित हुन पुगेको हो ।

खेलको २९ औं मिनेटमा एन्डर कापाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मिकेल भिस्गाको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

खेलको ६९ औं मिनेटमा एभर बेगेनाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेट नबित्दै मुरिनले गोल गर्दै सेभियलाई अग्रता दिलाए । बेगेनाको पासमा मुरिनके गोल गर्दै सेभियालाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।

जितसँगै सेभियाले ३५ खेलबाट ६३ अंक जोड्दै तालिकाको चौथो स्थानमा पकड जमाएको छ । पराजित एथ्लेटिक भने समान खेलबाट ४८ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ ।

त्यस्तै गए राति नै भएका अन्य खेलमा मालोर्काले लेभन्टेलाई २-० गोलले पराजित गरेको छ । अर्को खेलमा इबर र लेगानेसले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *