सेभिल्लाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले पूनरागमन जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाएको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो ।

सान मामेस बारिया बिल्वाओ स्पेनमा बिहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २८औं मिनेटमा कापाको गोलबाट घरेलु टोलीले दोस्रो हाफसम्म १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा इभर बनेगाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७४औं मिनेटमा मुनिरले बनेगाकै पासमा गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिल्ला विजयी हुन सफल भयो ।

जितसँगै चौथो स्थानमा रहेका सेभिल्लाको ३५ खेलबाट ६३ अंक पुगेको छ । जुन पाँचौ स्थानको भिल्ला रियलको भन्दा ६ अंकले बढी हो । तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग समान ६३ अंक रहेपनि सेभिल्ला हेड टु हेडमा पछि परेको हो । पराजित बिल्वाओ ४८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *