‘एमबाप्पेले ब्यालोन डि’ओर जित्न पिएसजी छाड्नुपर्छ’

एजेन्सी – निकोलस एनेल्काले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल जीवनको सुरुवात गरेका थिए । खेल जीवनको अन्त्यमा पनि उनी त्यहि फर्के । तर युवा अवस्थामा भने उनले चुनौतीलाई स्वीकार गर्दै अन्य ठूला क्लबमा खेलेका थिए ।४२ वर्षे एनेल्काले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पले पनि त्यस्तै चुनौती स्वीकार्न तयार हुनुपर्ने बताएका छन् । एमबाप्पेले ठूला व्यक्तिगत उपाधि जस्तै बालोन डि’ओर जित्न चाहन्छन् भने उनले अन्य लिगमा प्रयास गर्नुपर्ने बताएका छन् ।

‘यदि तिमी ठूला सपना देख्छौं भने कुनै समय पिएसजी छाड्न पर्ने हुन्छ । पेरिसमा तिमीले त्यो गर्यो । त्यो सफल थियो । मितिले पिएसजीमा निकै राम्रो गर्यौं,’ एनेल्काले भनेका छन्,’ तर त्यो फ्रान्समा मात्र सिमित छ । उत्कृष्ट लिग भनेको इंग्ल्यान्ड वा स्पेनको हो । तिमीले उत्कृष्ट लिग र खेलाडीसँग प्रतिस्पर्धा गरेका छैनौं ।बालोन डी ओर जित्न चाहने हो भने निर्णय पनि त्यहि अनुरुपको लिनुपर्ने एनेल्कोको सुझाव छ । ‘तिमीले क्रिस्टियानो रोनाल्डा र लिओनल मेस्सीको सफलतालाई हेर्नुपर्छ । तिमीले उत्कृष्टहरुसँग प्रतिस्पर्धा गर्नुपर्दछ,’ उनले अगाडि भने, ‘पिएसजीमा हुँदा सधै उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्दैन । फ्रेन्च लिग पनि सहज छैन । यसलाई गलत अर्थमा नबुझ्नु । तर मलाई लाग्छ प्रतिस्पर्धात्मक लिग इग्ल्यान्डको हो ।’

‘यदि उत्कृष्ट मात्र बन्न चाहने हो भने पिएसजीमा जे गरेका छौं । त्यो ठिक छ,’ एनेल्काले भने, ‘तर, सर्वोत्कृष्ट हुनका लागि चेल्सी, म्यानचेष्टर युनाइटेड, आर्सनल, म्यानचेस्टर सिटी वा लिभरपुल । त्यस्तै स्पेनमा रियल म्याड्रिड वा बार्सिलोना । अथवा इटाली जानुपर्ने हुन्छ । त्यहाँबाट मात्रै विश्व फुटबलमा प्रभाव पार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *