रोनाल्डो युभेन्टसमै रहने सम्भावना बढ्यो

एजेन्सी – अनेक शंकाका बीच सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ सम्म युभेन्ट्समा बस्ने सम्भावना बढेको छ । पछिल्लो समय उनी टुरिने छाड्ने चर्चा चलेको थियो ।पोर्चुगिज कप्तान या त म्यानचेष्टर युनाइटेड, स्पोर्टिङ सिपी वा पेरिस सेन्ट जर्मेन जान सक्ने सम्भावना रहेको समाचार सार्वजनिक भएका थिए । तर परिस्थिति बदलिएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार रोनाल्डोले युभेन्ट्ससँगको सम्झौतना नविकरण गर्ने भएका छन् ।

यसै साता भित्र सम्झौता नविकरण हुन सक्ने बताइएको छ । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डस टुरिन भ्रमणमा जाने र युरोपियन च्याम्पियनसिपको फाइनल अघि नै सम्झौता नविकरण भइसक्ने अनुमान गरिएको छ ।युभेन्ट्सले रोनाल्डो अर्को वर्ष फ्रि एजेन्ट हुने भएकाले पनि सम्झौता नविकरण गर्न चाहेको हो । त्यसको अर्थ अब उनी सन् २०२३ सम्म इटालियन क्लबका खेलाडी रहनेछन् । यदि अर्को सिजन उनलाई विक्री गर्ने अवस्था आएमा केहि आम्दानी हुने भएकाले पनि नयाँ सम्झौताका लागि क्लबले प्रयास गरेको हो ।

रोनाल्डो अर्को वर्ष ३७ वर्षका हुनेछन् । नयाँ सम्झौता गरे उनी ३८ वर्षको उमेरसम्म युभेन्ट्समा रहनेछन् । खेल जीवनको अन्त्यतिर रहेको अनुमान गरिएका रोनाल्डोको अब युनाइटेड वा स्पोर्टिङ सिपी फर्कने सम्भावना भने समाप्त हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *