रोनाल्डो च्याम्पियन्स लिग जित्न युभेन्टस नै बस्ने

एजेन्सी – क्रिस्टियानो रोनाल्डो टोलीका अन्य सदस्यसँग प्रशिक्षणमा चाँडै फर्कने विश्वास क्लबले लिएको युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदले बताएका छन् । पोर्चुगिज टोलीका कप्तान रोनाल्डो अहिले छुट्टी मनाइरहेका छन् ।युरो २०२० का सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो केहि समयमा प्रशिक्षणमा नेदभेदले फर्कने विश्वास गरेका थिए । केहि अघि नेदभेदले यो सिजन रोनाल्डोले क्लब छाड्न चाहेको बताएका थिए । रोनाल्डोको अहिलेको सम्झौता सन् २०२२ सम्म रहेको छ । नेदभेदका अनुसार रोनाल्डो जुलाई २५ बाट टुरिनमा फर्कने आशा व्यक्त गरेका छन् । त्यसको एक महिना जति पछि सिरि ए सुरु हुनेछ ।

नेदभेदले मात्र होइन क्लब खेलकुद निर्देशक फेडेरिको चेरबुनीले पनि रोनाल्डोले क्लब छाड्ने सम्भावना नरहेको बताएका छन् । ‘रोनाल्डोले क्लब छाड्ने सम्भावना छैन । उनले हामीसँग कुनै संकेत गरेका छैनन् । हामी त्यो खेलाडीका बारेमा कुराकानी गरिरहेका छौं जसले ४४ खेलमा ३६ गोल गरेका छ’, उनले भने ।‘संख्याले मात्र सबै कुरा बोल्दैन । हामी खुसी छौं । उनी बाँकी अवधिका लागि क्लबमा बस्न तयार हुन्छन् । उनी प्रि सिजनका लागि आबद्ध हुनेछन् ।’

युभेन्ट्सले गत सिजन खराब प्रदर्शन गरेका कारण आन्द्रे पिर्लोलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । क्लबले त्यसपछि पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई पून सोही जिम्मेवारीमा फर्कन राजी गराएको थियो । उनको प्रशिक्षणमा विगतमा युभेन्ट्स दुई पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । यद्दपी उपाधि जित्न भने सकेको थिएन ।रोनाल्डो मुख्यत: च्याम्पियन्स लिग जित्नकै लागि युभेन्ट्स गएका थिए । तर उनलाई त्यहाँ अझै सफलता मिलेको छैन । उनले रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडबाट भने च्याम्पियन्स लिग जितेका थिए । अझै अर्को एउटा मौकाका लागि पनि रोनाल्डो युभेन्ट्स बस्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *