लेवान्डोस्कीलाई ‘फुटबलर अफ द इयर’ अवार्ड

एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड पाएका छन् ।फुटबल म्यागजिन किकरले आइतबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो । जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् ।३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । उनले ३५६ भोट पाएका थिए । मुलरले ४१ र हालाण्डले ३८ भोट पाएका थिए ।

गत सिजन जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए । च्याम्पियन टिम बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए ।लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।महिलातर्फ निकोल बिलाले प्लेयर अफ द इयर अवार्ड हात पारिन् । जर्मन म्यानेजर अफ द इयर अवार्ड थोमस टुचेलले हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *